रौतहट,नेकपा एमालेले रौतहटका स्थानीय तहमा पार्टीबाट निर्वाचित ३ जना मेयर र २ जना उपमेयरहरुसंग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

रौतहटका देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानु, गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवाल, मौलापुर नपाका प्रमुख रिना देवी साह तथा देवाही गोनाही नपाकी उपमेयर परनिया देवी र मौलापुर नपाका उपमेयर नागेन्द्र राय यादवलाई नेकपा एमाले मधेश प्रदेश कमिटीले २४ घण्टें स्पष्टीकरण सोधेको हो ।

पत्रमा २०७९ मंसिर ४ गते हुने निर्वाचनको विषयमा पार्टीको निर्णय विपरीत हिड्ेको भन्दै स्पष्टीकरण सोधिएको जनाइएको छ ।

पार्टीको एक कार्यकर्ता पार्टीको निर्णय विपरीत, पार्टीको विरोधमा लाग्नु उचित हो र भन्दै प्रश्न सोधेर वास्तविकता के हो ? स्पष्ट खुलाइ २४ घण्टाभित्र नेकपा (एमाले) मधेश प्रदेश कार्यालयमा जवाफ पठाउनु मेयर र उपमेयरहरुलाई निर्देशन दिइएको छ । चित्त बुझ्दो जवाफ नआए पार्टीको विधान अनुसार कारबाही हुने पनि पत्रमा जनाइएको छ ।

नेकपा एमाले स्थायी कमिटीका पूर्वसदस्य प्रभु साह निकट देवाही गोनाही नगरपालिकाका प्रमुख कानु, गरुडा नगरपालिकाका प्रमुख जयसवाल, मौलापुर नपाका प्रमुख साह तथा देवाही गोनाही नपाकी उपमेयर परनिया र मौलापुर नपाका उपमेयर यादव आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा रौतहटका स्वतन्त्र उम्मेदवारहरुको पक्षमा लागेकाले उनीहरुमाथि पार्टीले स्पष्टीकरण मागेको हो । नेता प्रभु साहले पार्टीको टिकट परित्याग गरेर रौतहट ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्नुभएको छ । साहले जिल्लाको अन्य क्षेत्रमा पनि आफू निकटलाई स्वतन्त्र उम्मेदवार बनाउनुभएको छ ।

विधान विपरित पार्टीको हित र नीति विपरीत कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको एमालेका मधेश प्रदेश कमिटीका अध्यक्ष रामआतार यादव जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here