निजगढ,निजगढ ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयका गरिब तथा असहाय र जेहेनदार विद्यार्थीहरुलाई स्थानीय समाजसेवी खडगबहादुर पुलामी मगरले ब्याग वितरण गर्नुभएको छ ।पुलामी मगरले विद्यालयको कक्षा १ देखि कक्षा ६ सम्म अध्ययन गर्ने २१ जना विद्यार्थीलाई सोमवार एकएक थान स्कुल झोला वितरण गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर डिसीले जानकारी दिनुभयो ।ब्याग वितरण कार्यक्रममा व्यवस्थापन समितिका पादधिकारी तथा सदस्य, विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।विद्यार्थीलाई प्रतिझोला करिव १ हजार रुपैया पर्ने झोला मगरले निशुल्क उपलब्ध गराउनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिसीले जानकारी दिनुभयो ।