कलैया,प्रधानमन्त्री बालेन्द्र शाहको सफल कार्यकालको कामना गर्दै बाराका एक श्रद्धालुले जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा ४८० वटा नारिवल चढाएका छन ।
बाराको विश्रामपुर गाउँपालिका– ५ निवासी ३५ वर्षीय रामअशिष साह तेलीले धार्मिक आस्था र श्रद्धासहित मन्दिर पुगरे प्रधानमन्त्री बालेन्द्रको सफल कार्यकालको लागि नरिवल चढाउनुभएको हो ।

परिवारसहित मन्दिरमा पुग्नुभएका साहले मन्दिरमा पूजा–अर्चनासहित नरिवल चढाएर प्रधानमन्त्री बालेको सफल कार्यकालको लागि कामना गरेको जानकारी दिनुभयो । सो अवसरमा उहाँले देशको समृद्धि, शान्ति र स्थायित्वका लागि समेत विशेष कामना गर्नुभएको थियो ।प्रधानमन्त्री शाहको कार्यकाल सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै देश विकास र जनताको हितमा प्रभावकारी काम हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उहाँले कुनै राजनीतिक उद्देश्यले नभई बालेन्द्र शाह प्रधानमन्त्री बनेको खुसियालीमा व्यक्तिगत विश्वास र भक्तिभावले नरिवल चढाएको बताउनुभएको छ । साहले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको पनि स्पष्ट पार्नुभएको छ ।

Leave a Reply