आहिले पुसको तेस्रो साता चल्दै । पुस महिना भएकोले चिसो बढनु स्वभाविक पनि होला । तर पछिल्लो समय चिसो एकदमै बढेको छ । ह्वात्तै चिसो बढ्दा तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बारा, पर्सासहित तराईका जिल्लामा शीतलहर बढेको पनि करिब एक हप्ता नै भइसकेको छ । चिसोले सर्वसाधारण खास गरी गरिव परिवारका सर्वसाधारण समस्यामा परेका छन ।
गएको हप्ता हिउँदे वर्ष भएपछि यस क्षेत्रमा शीतलहर बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोले दैनिकी कष्टकर पनि बनेको छ । यस्तो अवस्थामा सबै नागरिकहरु सचेत बन्न आवश्यक छ । चिसो र शीतलहरले आफ्नो स्वास्थ्यमा पार्नसक्ने असरको सर्वसाधारण सबैले ख्याल गर्न पनि आवश्यक छ ।
तर, बारा जिल्लाको मात्रै कुरा गर्ने हो भने स्थानीय सरकारहरुले सर्वसाधारणलाई चिसोबाट जोगाउनका लागि खासै प्रयास गरेको जस्तो पनि देखिदैन । उनीहरुले अझै समयमा नीति बनाउन नसकेको खण्डमा शीतलहर पीडित जनता अझै समस्यामा पर्ने निश्चित छ । त्यसैले बेलैमा नीति बनाउन आवश्यक छ ।
















