बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर २ को सभा हलमा ‘हाम्रो नगर हाम्रो शान, स्माट सिटी हाम्रो अभियान’ भन्ने नाराका साथ जैविक विषादी सम्बन्धित एकदिने तालिम आइतवार सम्पन्न भएकोछ ।
निजगढ नगरपालिका कृषि शाखाको आयोजनामा भएको एकदिने तालिमको उद्धाटन निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिंङले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख आतिथि समेत रहनुभएकी उपप्रमुख थिङ्गले उद्धाटन कार्यक्रमा बोल्दै रासायनिक मल प्रयोग गर्दा तत्कालको लागि बाली सप्रिए जस्तो देखिए पनि रासायनिक मल र विषादी प्रयोगले दीर्घकालिन रुपमा जल, जमिन र मानिसको धन सम्पतिमा पनि हानी पुग्ने बताउनुभयो । उहाँले जैविक विषादी प्रयोग गर्नुपर्ने र प्राङगारिक मल उत्पादन गरि प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुस्कर खडका, वडा सदस्य धनबहादुर थापा, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, वडा सदस्यहरु बुर्गान माया वल, जितबहादुर लोप्चन, वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, वडा सदस्य कन्तलाल धामीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सिंगौल वडा नम्बर १ का अध्यक्ष लोप्चन, वडा नम्बर २ का कार्यबहाक अध्यक्ष खडका र ३ वडाका वडा अध्यक्ष तिमल्सिनाले बोल्नुभएको थियोकार्यक्रममा सहभागीहरुलाई कृषि ज्ञान केन्द्र कलैयाका वाली संरक्षण अधिकृत समसुल मियाँ दर्जीले जैविक विषाधि तयार पर्ने तरिका र प्रयोग गर्ने उपायको बारेमा जानकारी दिनुभएको थियो । उहाँले विषादी प्रयोग गर्दा मानिसको शरीरमा पर्ने असरको बारेमा बताउदै प्राङ्गारिक मलको उत्पादन गर्ने तरिकाको बारेमा सिकाउनु भएको थियो ।तालिममा सिंगौलमा पर्ने ३ वटै वडाबाट १०- १० गरि ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन निजगढ नगरपालिकाकी कृषि प्राविधिक रुपा पराजुलीले गर्नुभएको थियो ।

Leave a Reply