चितवन,नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्।

मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १८३७ सय  मत ल्याएका छन् भने भीम रावलले  २२३ सय मत पाएका छन्। अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए। बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो।त्यहीअनुसार ओ‌लीले सूची पनि बनाएका थिए। तर उनको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए। नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता हुन्।

यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित भएका थिए। पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्री भएका थिए।

दसौं महाधिवेशनबाट ईश्वर पोखरेल वरिष्ठ अध्यक्ष र शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका थिए।

उपाध्यक्ष, सचिवलगायत विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि मतदान भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here