कृपा संवाददाता
कलैया – प्रदेश २ सरकारका भौतिक पुर्वाधार मन्त्रि जितेन्द्र सोनलले अहिलेको परिवेशमा विधार्थीहरुको आवश्यकता पुस्तकालय रहेको बताएका छन । पशुपति पुस्ताकालयले आयोजना गरेको बकतृत्व कला प्रतियोगिताको उदघाटन गर्दै मन्त्रि सोनलले विधार्थीको स्तर बृद्धि गर्नको लागि पुस्तकालय आवश्यक रहेको बताएका हुन । प्रदेश सरकार दिर्घकालिन योजना सहित अगाडि बढिरहेकोले शिक्षा, स्वास्थ्य, सिचाई, शुद्ध खानेपानी, घरघरमा बिजुलीबती पहिलो प्राथमिकतामा रहेको बताए ।

 

 

 

 

 

 

बाल्यकालमा आफु पनि यस पुस्तकालयमा केहि समय बिताएका र अहिले पनि केहि फरक नदेखेकोले पुस्तकालयको विकासको लागि मन्त्री सोनले १५ लाखको सहयोगको घोषण गरेका छन । त्यस्तै सहयोग गर्ने बालएकता बोडिङ्ग ५० हजार, ब्राईटल्याण्ड ५१ ह्जार, देवेन्द्र गिरि २५ हजार, जंगबहादुर यादव १५ हजार, सरफुल्लाह असारी १० हजार त्यस्तै कुशवाहा समाजले १० हजारको सहयोग गरेका छन । धेरै दुख कष्ट गरेर पुस्तकाललाई याहा सम्म लिएर आयौ अव यी सहयोगी हातहरुलेगर्दा पशुपति पुस्तकालय बारा कै नमुना पुस्तकालय बन्ने विश्वस्त रहेको पवन अग्रवालले बताए ।

 

 

 

 

 

 

 

पुस्ताकालयका अध्यक्ष राजु साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिह, राजपाका केन्द्रिय सदस्य श्याम गुप्ता, सरफुल्लाह अंसारी, नेता मेहन्द्र मण्डल,गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह, अरुण सिह, महिला नेतृ पिकी यादव लागततकाले पुस्ताकालयको उन्नती , प्रगतिका लागि सुझाव दिएका थिए ।

 

 

 

 

 

 

 

पुस्ताकालयमा योग्दान दिएका शिक्षक देवेन्द्र गिरी, समाजसेवी भरतबहादुर मल्ल,,धनीलाल सर्राफ, सुरेश मोदक, हिरालाल साह, किशोरी राम, पवन अग्रवाल, रामधारी यादव, जंगवाहदुर यादव, रतनलाल टेमानी, राजपाका नेताहरु जयप्रकाश साह लगायतकालाई दोसल्ला ओढाई सम्मान गरेका पुस्ताकालयका कोषाध्यक्ष पवन अग्रवालले जानकारी गराए । प्रथम छात्रा तर्फ मनिसा जसवाल, दोस्रो निता यादव र तेस्रो निमिसा पाण्डेय भएकी थिईन भने छात्र तर्फ प्रथम बन्धन पटेल, दोस्रो रोहित यादव र तेस्रो ईमरान मंसुर भएका थिए ।

Leave a Reply