राजन कुमार बानिया
पोखरिया,पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा इन्टरनेसनल कमिशन फर दलित राईटस, अमेरीकाको आर्थिक सहयोगमा पर्सा जिल्लामा कोभिड– १९ का कारण जारी भएको लकडाउनबाट अतिप्रभावित गाउँका विपन्न र दलित परिवारमा खाद्यान्न सहयोग गरेको छ । कार्यक्रम अन्र्तगत पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा– ७ फुलबरीया गाउँका अतिविपन्न र दलित समुदायका ५४ घरपरिवारलाई राहतमा खाद्यान्न सहयोग गरिएको हो । संस्थाले प्रतिपरिवार २० केजी चामल, १ केजी नुन, डेढ केजी दाल र मास्क सहयोग गरेको हो ।
दलित अगुवा जिरजोधन पासवानको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा समितिमा निर्वाचित महिला सदस्य निर्माला देवी पटेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालले गठन गरेको नागरिक स्वयंसेवी समुहका संयोजक पारमानन्द राम, संयोजक सुरेन्द्र पासवान, सन्जोग राम र अशोक राम, दलित अगुवा, दलित जनप्रतिनिधि र दलित महिला सदस्यहरुको सहभागिता रहेकोे थियोे । कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले गर्नुभएको थियो ।