कलैया,बारा जिल्लाकी एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ४ का २६ वर्षीय पानालाल पासवान रहेका छन् ।पासवानलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित बसुन्धाराबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि गत पुस १६ गते १४ वर्षीया किशोरीमाथि बलत्कार गरेको आरोप छ । घटनापछि फरार रहदै आएका उनलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।पक्राउ परेका पासवानलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply