निजगढ,नेपाल शिक्षक महासंघको आयोजनामा बारा जिल्लाका विभिन्न पालिकामा आइतवार शिक्षकहरुले तीन घण्टा धर्नासहित नेपाल सरकारसंग भएको सहमतिपत्रको छाँया प्रति बुझाएका छन ।महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षक महासंघमा अवद्ध शिक्षकहरुले निजगढ, जीतपुरसिमरा, कोल्हबी, सिम्रौनगढलगायत जिल्लाका सबै पालिकाहरुमा धर्ना र ज्ञापनपत्र बुझाएका हुन ।निजगढ नगरपालिकाको कार्यालयअगाडि बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिएका शिक्षकले नेपाल सरकारसंग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको छाँयाप्रति नगर प्रमुख सुरथ पुरी र प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलालाई बुझाएका थिए । नेपाल राष्ट्रिय शिक्षक संघठन निजगढ नगर कमिटी अध्यक्ष हस्तबहादुर लामा, नेपाल शिक्षक संघ नगर सभापती मुरारी घिमिरे र एकीकृत शिक्षक संघठनका कुलबहादुर अस्थानीले नगर प्रमुख पुरी र अधिकृत निरौलालाई संयुक्त रुपमा सरकारसंग भएको सहमतिको छाँया प्रति बुझाएका हुन ।त्यसैगरी जीतपुरसिमरामा पनि शिक्षकहरुले धर्नापछि नगर प्रमुख राजन पौडेललाई छाँया प्रति बुझाएका छन । नगर कमिटी संयोजक शंकरकुमार आचार्यको नेतृत्वमा रहेको शिक्षक महासंघको टोलीले नगर प्रमुख पौडेललाई सहमतिको छाँयाप्रति बुझाएको हो ।त्यसैगरी नेपाल शिक्षक महासंघ कोल्हबी नगर कमिटीमा आवद्ध शिक्षकले पनि नगरपालिकाको कार्यालयमा तीन घण्टा धर्ना दिएका छन् । शिक्षकहरुले कोल्हबी नगरपालिकाको कार्यालयमा बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिएका हुन् ।धर्नापछि शिक्षकहरुले नगर प्रमुख रामप्रसाद चौधरीलाई नेपाल सरकारसंग भएको सहमतिको छाँयाप्रति बुझाएका थिए । उक्त कार्यक्रममा शिक्षक हितेन्द्र चौधरी, इन्दिरा देवकोटा, रामअयोध्या चौधरीलगायत सहभागी थिए ।त्यस्तै सिम्रौनगढ नगरपालिकामा पनि शिक्षकहरुले धर्ना र सहमतिको छाँया प्रति बुझाएका छन । शिक्षकहरुले सिम्रौनगढ नगरपालिकाको मुल गेटमा ३ घण्टा धर्नापछि निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्र चौधरीलाई छाँया प्रति बुझाएर कोणसभाको पनि आयोजना गरेका थिए ।सिम्रौनगढ नगर शिक्षक सघका अध्यक्ष उमाशंकर प्रसाद यादवको अध्यक्षतामा भएको सो कोण सभामा सिम्रौनगढ नगरपालिका शिक्षा संयोजक कमलेश अग्रहरी, कन्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव कुशवाहा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कचोर्वा, बसवरियाको उमाशंकर प्रसाद यादव, नेपाल राष्ट्रिय मावि खजानीका कामेश्वर प्रसाद, शिक्षक बृजकिशोर प्रसाद यादव, शिक्षक सुरेश सहनी लगायतले सरकारसंग भएको सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।आफूहरुसंग भएको सहमति कार्यान्यवन गर्न सरकारले चासो नदेखाएको भन्दै शिक्षक महासंघले विरोधका कार्यक्रम गर्दै आएको छ । महासंघले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्ने, शिक्षा विकास तथा समन्वय इकाईको नाम परिर्वतन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर्ने, एक पटक आन्तरिक परीक्षामा सामेल हुन नपाएका अस्थायी र करार शिक्षकलाई नियमानुसार शिक्षक सेवा आयोगमार्फत उमेरको हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिनेलगायतका माग राखेको थियो ।महासंघले राखेको माग कार्यान्यवन गर्न तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेलले ५१ बुँदे सहमति गर्नुभएको थियो ।सहमति अनुसार माग पुरा नभएपछि आन्दोलनमा उत्रिएको शिक्षक महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय र साउन ३२ गते मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
Home मुख्य समाचार स्थानीय तहको कार्यालयमा शिक्षक महासंघको धर्ना, सहमति कार्यान्यवन गर्न सरकारसंग माग

















