सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को कार्यालयले आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न नपाएका पाँच विद्यार्थीलाई पूर्णछात्रवृत्ति प्रदान गर्ने भएको छ ।कार्यालयले आर्थिक अभावले स्नातक तहको अध्ययन पुरा गर्न नपाएका वा पढ्न नपाएका विद्यार्थीमध्ये पाँच जनालाई पूर्णछात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो ।वडाध्यक्ष हरिदेव खरेलले एक सूचना जारी गर्दै वडाभित्र बसोबास गर्ने विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने चाहना भए सम्पर्क गर्न आग्रह गर्नुभएको छ । वडा कार्यालयमा सम्पर्क गर्ने विद्यार्थीमध्ये पाँच जनालाई अध्ययनका लागि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष खरेलको भनाई छ ।खरेलका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले डुमरवानास्थित डुमरवाना बहुमुखी क्याम्पसको कुनै पनि संकायमा अध्ययन गर्न पाउनेछन । विद्यार्थीले आफूहले चाहेको संकायमा अध्ययन गर्न सक्ने र सोका लागि लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने वडाध्यक्ष खरेलले जानकारी दिनुभएको छ ।

Leave a Reply