सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका– ७ सिम्रौनगढस्थित नगर अस्पताल एक महिनादेखि बन्द रहेको छ ।तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूले गरेको तालाबन्दीका कारण गत असार ३१ गतेदेखि अस्पतालको सेवा ठप्प हुदै आएको हो । अस्पतालबाट सेवा बन्द भएको एक महिना पुरा हुनलागिसक्दा पनि संचालन गर्नेतर्फ सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्रहीहरु मार्कामा परेका छन ।स्वास्थ्यकर्मी र कर्मचारीहरु तलब भत्ताको माग गर्दै अस्पतालमा तालाबन्दी गरेर धर्नामा बस्दै आएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ३ देखि १४ महिनासम्मको तलब भत्ता नपाएको बताएका छन ।नगरपालिकामा कार्यपालिकाका बहुमत सदस्य र नगरप्रमुख किशोरीप्रसाद साह कलवारबीचको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनको लागि पहल नभएको बताइएको छ । अस्पतालमा उत्पन्न समस्या समाधानको लागि भनेर यो अवधिमा कार्यपालिकाको बैठक ३ पटक बोलाइएको भएपनि बैठक नै बस्न नसकेको नगरपालिका कार्यालयका कर्मचारीले बताएका छन् ।नगरप्रमुख कलवारले अस्पताल सञ्चालनका लागि हालसम्म ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब प्रस्तुत नगरिएको बताउनुभयो । नगर अस्पतालका चिकित्सक डा.जीतेन्द्र यादव जनप्रतिनिधिहरूको बैठक बसेको बखत अस्पतालको सम्पूर्ण गतिविधि प्रस्तुत गर्ने बताउनुभएको छ ।२०७८ जेठ २१ गतेबाट सेवा सुरु गरेको १५ शैयाको अस्पतालबाट सिम्रौनगढ र आसपासका सर्वसाधारणले सेवा लिदैआएका थिए । २४ घण्टे सेवाका कारण अस्पतालप्रति स्थानीयको आकर्षण बढेको थियो तर धर्नाका कारण सेवा ठप्प बनेपछि स्थानीय मार्कामा परेका छन ।नगरप्रमुख र बहुमत कार्यपालिका सदस्यबीच विवादको चपेटामा सिम्रौनगढ नगर अपतालअस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २४ जना कार्यरत छन् । उनीहरु मध्ये चार जना स्थायी र बाँकी करार तथा अस्थायी ज्यालादारीमा कार्यरत छन् ।

















