निजगढ,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टागियाबस्तिमा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरा दिलबहादुर घलानलाई शुक्रवार पक्राउ गरेको छ ।९० बर्षिय बुबा माईत सिं घलानलाई कुटपिट गरेर हत्या गरेको आरोपमा ६० बर्षीय छोरा दिलबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । खेतमा काम गर्ने विवादमा दिलबहादुरले हानेको मुक्का लागेर बाबु माइत सिंहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ‘खेतमा काम गर्न नगएको निहुँमा बाबुले गाली गरेका रहेछन, निरीक्षक श्रेष्ठले भन्नुभयो, त्यही झोकमा दिलबहादुरले मुखमा मुक्का प्रहारबाट भूइमा लडेका माईतसिंहको मुत्यु भएको थियो ।’ उनले मादक पदार्थसमेत सेवन गरेको प्रहरीको भनाइ छ ।बाबुको हत्या गरेको आरोपमा पक्राउ परेका दिलबहादुरलाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply