काठमाण्डौ – चीनमा मंगलवार बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ जना पुगेको छ । गान्सु प्राप्तमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।भूकम्पमा परी सात सय जना भन्दा धेरै घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।भूकम्प प्रभावित क्षेत्रमा केन्द्रिय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नी नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । भूकम्पले प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्ग बुधवार बेलुकादेखि सञ्चालनमा आइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here