नरेश गुप्ता
बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाई नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले ठुलो मात्रामा लागुऔषध सहित ट्रक २ जनालाई पक्राउ गरेको छ । १ सय ५० किलोग्राम लागु औषध गाँजा बोकेको ट्रक भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ६ सानुलेख निवासी २९ बर्षिय राजकुमार रुम्वा र भारतको मोतिहारी जिल्ला संग्रामपुर थाना वडा नम्बर ११ भरवलिया निवासी श्याम महतोलाई लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नामस्ता २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषध गाँजा सहित ट्रक बरामद गरेको छ । डिआईजी गणेश ठाडा मगरको ठाडो आदेशले खटिएको स्कवाड टोलीले लागु औषध गाँजा, ट्रक, चालकसहित भारतीय गाँजा तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बा ५ ख ८०७५ नम्बरको ट्रकमा लागु औषध गाजा लोड गरी भारततर्फ गइरहेको बिशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भइएको डिआईजी गणेश ठाडा मगरले बताउनुभयो ।