बसन्त लामा

सिंगौल,बाराको निजगढ नगरपालिकास्थित सिंगौलमा विगत केही दिनदेखि आँखा पाक्ने भाइरल रोगको प्रकोप बढेको छ ।आँखा पाक्ने रोगको संक्रमण बढेसँगै सिंगौलको स्वास्थ्य चौकी र निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । संक्रमणबाट बच्न स्थानीयहरु कालो चस्मा लगाउन बाध्य भएका छन ।आँखा पाक्ने रोगले विद्यालयमा पढने विद्यार्थी सबैभन्दा बढी प्रभाव भइरहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका लेखापाल रामहरी गौतमले जानकारी दिनुभयो ।सुरुवा रोग भएकाले यसबाट संक्रमित विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।निजगढ नगरपालिकाको स्वास्थ्य शाखा र सिंगौलमा रहेको स्वास्थ्य चौकीले स्थानीयको घरघरमै पुगेर रोगको उपचार गरिदिएको भए संक्रमणमा परेकाहरुलाई सहज हुने स्थानीय सर्मिला बिक बताउँनुहुन्छ ।रोग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै थप संक्रमण फैलनबाट रोक्न स्वास्थ्य शाखा निजगढले स्थानीय स्तरमा रहेको स्वास्थ्य चौकीमा औषधि पठाईसकेको निजगढ स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले बताउँनुभयो ।निजगढको स्वास्थ्य शाखाले सिंगौलका स्वास्थ्य संस्थाहरुमा औषधि पठाएपनि बिरामीको चाप अनुसार सिप्रो आई ड्रोप सिंगौल वडा नम्बर ३ स्थित शहरी स्वास्थ्य क्लिनिकमा भने अभाव रहेको छ ।सिंगौलको स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि नहुँदा स्थानीय निजी क्लिनिकमार्फत उपचार गर्न बाध्य भएका छन ।

Leave a Reply