रौतहट,मकैबारीमा थापिएको विद्युतीय धरापको करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ । परोहा नगरपालिका–४ की २२ वर्षीया गुडियादेवी पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय तिलाई राय यादव र रामविनय राय यादवले नजिकै रहेको बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा बार लगाएको बेला सोही तारमा अल्झेकी पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि फरार रहेका दुवैजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । १२ कठ्ठा जग्गामा लगाएको मकैबालीलाई जनावरबाट सुरक्षित राख्न करेन्ट प्रवाह गरेको बेला शौच गर्न बाहिर गएकी पासवान तारमा अल्झिएकी थिइन् । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

Leave a Reply