कृष्णउदास खनाल

गोरखा (भच्चेक),मंसिर ४ गतेको आम निर्वाचिन नजिकिदै गर्दा गोरखाको क्षेत्र नम्बर २ को माथिल्लो क्षेत्रमा रहेको एक बस्तीमा मतदाताहरु भने चिन्तित बनेका छन् ।

अजिरकोट गाउँपालिकाको वडा नम्बर ४ सिम्जुंगको लामे भन्ने स्थानका बासिन्दा चिन्तामा परेका हुन् । भूगोल समायोजन हुँदा उनीहरुलाई मतदानका लागि सिम्जुंगस्थित कालिका प्राविमा बनाइदिएका कारण उनीहरुलाई मतदानका लागि अपायक परेको हो । झट्ट सुन्दा दुबै सिम्जुंग वडामा परे पनि वल्लो डाँडो र पल्लो डाँडो भएकाले बुढाबुढीलाई बिहान हिडेर गएर बेलुका घर फर्कन धौ धौ पर्ने लामेका स्थानीय बिनोद गुंरुंगले गुनासो गर्नुभयो । आफूहरुका लागि वडा नम्बर २ को खरिबोट मतदात केन्द्र वा वडा नम्बर १ को लप्सीबोटमा मतदान केन्द्रमा समावेश गर्दा उचित हुने कुरा सुनाउनुभयो ।

करिब २० घरपरिवार यो बस्तीका मतदाताहरु सिम्जुंगमा मतदान गर्न जान बाध्य भएको लामेका मतदाताहरुले बताएका छन् । अजिरकोटको वल्लो पाटोमा आफूहरुको घर भएकाले मतदान केन्द्र पल्लो पाटोमा हुँदा हिँडाइ भने चर्को पर्ने गरेको लामेका मतदाताहरु बताउछन् । यद्यपि लामेकै केही भूभाग भने खरिबोटमा र केही हंसपुरमा नै पर्ने गरेका कारण पनि थप समस्या भएको मतदाताहरुको गुनासो छ ।

यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काँग्रेस, माओवादी गठबन्धनको साझा उम्मेदवारका रुपमा उठ्नु भएको छ । चुनावको दिन दिनभर काम माया मार्नु पर्ने भएकाले अहिलेबाट नै धान अलिअलि काचो भए पनि काट्न थालेको स्थानीयहरु बताउछन् ।

 

Leave a Reply