वीरगञ्ज,स्वरूप परिवर्तन (साइलेन्सर परिवर्तन) गरी ध्वनी प्रदूषण गर्ने मोटरसाइकलमाथि पर्सा प्रहरीले कारबाही सुरु गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार पछिल्लो समयमा साइलेन्सर परिवर्तन गरेर अत्यधिक आवाज निकाल्ने र ध्वनी प्रदूषण गर्ने मोटरसाइकलहरूको सङ्ख्या बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष अभियान चलाएको छ ।

सोमवार ट्राफिक प्रहरी कार्यालय पर्साले दुई वटा मोटरसाइकललाई कारबाही गर्दै एक हजार जरिवाना गरेको इन्स्पेक्टर भट्टले बताउनुभएको छ । पछिल्लो एक हप्तामा मात्रै ट्राफिक प्रहरीले आधा दर्जनभन्दा बढी मोटरसाइकललाई साइलेन्सर परिवर्तन गरेको आरोपमा नियन्त्रणमा लिई कारबाही गरेको इन्स्पेक्टर भट्टले जानकारी दिनुभयो ।मोटरसाइकलका चालकलाई जरिवाना तिराएर साइलेन्सर पुनः परिवर्तन गर्न लगाइएको उहाँले बताउनुभयो । इन्स्पेक्टर भट्टले सार्वजनिक स्थानको शान्ति भङ्ग गर्ने र नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गर्ने बताउनुभयो ।

Leave a Reply