वीरगञ्ज,मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमवार ठोरी गाउँपालिकाको भ्रमण गर्नुभएको छ ।
उहाँलाई ठोरी गाउँपालिका कार्यालयमा भव्य स्वागत तथा अभिनन्दन गरिएको थियो । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा लगायत पालिकाका जनप्रतिनिधि र कर्मचारीको टोलीले प्रदेश प्रमुख भण्डारीलाई स्वागत गरेको थियो ।
स्वागतपछि प्रदेश प्रमुख भण्डारीले ठोरीका विभिन्न चर्चित पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गर्नुभएको थियो । उहाँले ठोरी– १ को सिङ्गेडाँडा, ठोरी– २ को गोले डाँडा, र सिता गुफा लगायतका स्थानहरूको भ्रमण गर्नुभएको हो । सो अवसरमा ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रदेश प्रमुख भण्डारीलाई ठोरीका पर्यटकीय स्थलहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

















