शनिवार नेपालका प्रायः सबैजसो संचार माध्यामहरुले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको समाचार बनाए । इमरान खान पक्राउ पनि पर्नुभयो । क्रिकेट खेलाडीबाट राजनीतिमा उदाएका इमरान खानले आफ्नो कार्यकालमा पाकिस्तानमा केही परिवर्तनको काम गरेको पनि बताइन्छ ।इमरान खान, पाकिस्तानका पूर्वप्रधानमन्त्री भएको व्यत्ति अथवा त्यो देशको कार्यकारी पदमा पुगेको व्यक्ति । खान पक्राउ पर्नु आफैमा पनि महत्वपूर्ण समाचार त हो नै ।भ्रष्टचारजन्य गतिविधिमा संलग्न रहेको अभियोगमा खान पक्राउ परेको कुरा सतहमा नै आइसकेको छ । अब खानका विषयमा चर्चा गर्दै नेपालका पूर्वप्रधानमन्त्रीहरुको नियतका विषयमा पनि शंका गर्ने ठाउँ प्रशस्त देखिएको छ । हाल जीवित रहेका नेपालका पूर्वप्रधानमन्त्रीहरु कुनै न कुनै काण्डमा परेको कुरा समाचारमा आएकोआइ नै छ । फरक यत्ति हो, कारबाही गर्ने ठाउमा उनीहरु नै भएका छन् अहिलेका लागि उनीहरु जोगिएका छन् ।तर, खानलाई कारबाही गरिए जसरी नेपालका यी भ्रष्टचारमा संलग्न नेताहरुलाई पनि कारबाही गर्नुपर्ने कुरा जनमानसमा यसै पनि छ । खान दोषी हो होइन त्यो त यसै भन्न नसकिएका तर खान भ्रष्टचारमा संलग्न रहेको भए त्यस्तो प्रवृत्ति नेपालमा पनि यस्ता प्रवृत्ति विरुद्धमा नेपालमा पनि एक कुशल शासकको भने जनताले चाहना गरिरहेका छन् ।एकदिन जनताले कुशल शासक चयन गरे भने खान जसरी नेपालका पूर्वप्रधानमन्त्रीहरु पनि जेल जान नपर्ला भन्न सकिन्न ।

















