बिदुर खड्का
डुमरवाना,सिद्धार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाराको जीतपुरसिमरा उपमहमानगरपालिका वडा नम्बर १५ डुमरवानामा सोमवार वित्तीय साक्षरता कार्यक्रम आयोजना सम्पन्न भएको छ ।बिक्याफ नेपाल संस्थाको व्यवस्थापनमा उक्त कार्यक्रम विप्रेषण प्रापक परिवारका सदस्यहरुका लागि लक्षित गरिएको थियो । बैदेशिक रोजगारीबाट परिवारलाई विप्रेषण पठाउने घर परिवारका सदस्यहरुका लागि लक्षित कार्यक्रममा ६० जनाभन्दा बढी स्थानीय महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वासले बैंकले विप्रेषण (रेमिटेन्स) लिइरहेका परिवारका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएको हो ।
सहभागीहरुलाई नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदीले विप्रेषण कसरी जोगाउने र कस्तो ठाउँमा लगानी गर्ने भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।यसका साथै सिद्धार्थ बैंकका सिमरा शाखाका शाखा प्रवन्धक रविन ढकालले सिद्धार्थ बैंकले विभिन्न किसिमका खाताहरुमध्ये रेमिटेन्स बचतमा उच्चतम ब्याज दिने र यसो गर्दा विप्रेषण प्रोत्साहनलाई टेवा पुग्ने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बिक्याफ नेपालका प्रमुख कार्यकारी अधिकृत मनोज रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाका कार्यवाहक वडा अध्यक्ष रामेश्वर खाँ थारु, वडा सदस्य सुमित्रा नेपाली, जिफन्टका पुुष्कर चापागाई लगायतको उपस्थिति रहेको थियो ।यसैगरी कार्यक्रम पत्रकार बिदुर खड्काको स्थानीय समन्वय र पत्रकार कृष्णउदास खनालको सहजीकरणमा सम्पन्न भएको थियो ।

Leave a Reply