नेपालमा सशस्त्र संघर्षमा उदाएको पार्टी हो नेकपा माओवादी केन्द्र । अहिले नेपालमा यही पार्टीको नेतृत्वमा सरकार संचालनमा छ । यद्यपि यसलाई अन्य केही राजनीतिक दलहरुले सघाएका छन् ।हालै सम्पन्न भएको आम निर्वाचनमा नेकपा माओवादी तेश्रो ठूलो दल बनेको थियो । पहिलो संविधान सभाको निर्वाचनमा भने यो सबैभन्दा ठूलो पार्टी पनि बनेको थियो । २०६४ सालको चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादी खुम्चिदै अहिले तेश्रो स्थानमा पुगेको छ ।माओवादी पार्टीको केन्द्रीय समितिको बैठक बुधवारबाट काठमाण्डौंमा शुरु भएको छ । केन्द्रीय समितिमा पार्टीको वर्तमान अवस्थाको विषयमा छलफल भइरहेको बताइएको छ । सरकारको नेतृत्व गरिरहेको पार्टी भएकाले पनि माओवादीको यो बैठक अलि महत्वका साथ हेरिएको छ । माओवादी नेतृत्वको सरकारले केही अभियान संचालन गरेको छ अहिले जसका कारण केही लोकप्रिय बन्ने दाउमा माओवादी छ ।तर, माओवादीका विषयमा पनि अहिले गम्भीर प्रश्न उठेको छ । सुनकाण्डका विषयमा माओवादीले लिएको नीति विवादमा छ । माओवादी अध्यक्ष प्रचण्ड परिवारले पनि पार्टीबाट हदैसम्मको लाभ लिएको पनि आरोप छ । यस्ता कुराहरु माओवादीले आम नागरिकहरुलाई स्पष्टसंग बताउन नसक्ने हो भने माओवादी सकिने नै हो ।माओवादी परिवारवादमा फसेकाले पनि माओवादी सुध्रने संभावना कम छ । स्वमय् प्रचण्डका कारण पनि समस्या देखिन्छ तैपनि माओवादीका लागि अझै अवसर भने छ ।
















