बिहीवारबाट शनिवारसम्म परेको अविरल बर्षाले देशभर ठूलो मानवीय र भौतिक क्षति गरेको छ ।विशेषगरी मानवीय त भएनै या बर्षाले सडक संजालमा नराम्रोसंग क्षति भएको छ । देशका अधिकांश सडकहरु बर्षाका कारण अवरुद्ध छन् र क्षति पनि भएको छ । सोमवार साँझसम्म पनि देशका धेरै जसो ठाउँका सडकहरु अवरुद्ध नै छन् । देशको मुख्य संघीय राजधानी सडक सम्पर्कसंग लगभग टुटेको छ तर पनि सोमवार साँझबाट केही स्थानमा खोलिएका कारण केही स्थानबाट भने काठमाडौं जाने अवस्था बनेको छ ।

तैपनि देशभरको सडकको अवस्था राम्रो छैन । विपद् भनेको कहाँ कति बेला कसरी आउछ भन्न सकिने कुरा भएन । नेपाल यसैपनि मनुसुनका हिसावले संधै उच्च जोखिममा रहेको स्थान हो । नेपालको भूगोल पनि एकै नासको नभएकाले पनि ठाउँ अनुसार क्षति पनि फरक होला र पीडित पनि फरक नै हुने भए यद्यपि असोजको लगभग दोश्रो साता आएको बर्षाले देशभर क्षति चैं गरेको छ । अब यो बेला सरकारले बिशेष तदारुकता देखाउन आवश्यक छ ।

सडक खुलाउनका लागि सरकारले पहिलो प्राथमिकता बनाइ तत्काल रणनीति बनाउन आवश्यक छ । यात्रुहरुको बिजोग छ । कयौं स्थानमा यात्रुहरु अलपत्र परेका छन् । त्यसैले सरकारले पहिलो प्राथमिकतामा सडक खुलाउने कार्य राख्न नै पर्दछ र दिनरात नभनी सडक खुलाउँ । यो कार्यमा दिनरात नभनी तीनै तहका सरकार जुट्न आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here