सिम्रौनगढ,पार्टी विभाजनसंगै एकीकृत समाजवादीतर्फ लागेका जिल्ला कमिटी बाराका सदस्य एंव बाराको साविक अमृतगंज गाविसका पूर्व गाविस अध्यक्ष गगनदेवप्रसाद कुश्वाहा, शंकर सिंह कुर्मी र नेपाली कांग्रेश बाराका पूर्वजिल्ला सदस्य नागेन्द्र महतोसहित आधा दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा फर्किनु भएको छ ।
नेकपा एमालेले शुक्रवार आयोजना गरेको सिम्रौनगढमा नगर कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रम उनीहरु एमालेमा फर्किएका हुन ।
कुशवाहा ०७४ सालको स्थानीय निर्वाचनमा साविक अमृतगन्ज गाविस र शंकर कुर्मी साविक उचिडी गाविसमा नेकपा एमालेबाट गाविस अध्यक्ष पदमा विजयी हुनु भएको थियो ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अर्का पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य ढुण्डिराज उप्रेती, केबल चौधरी, ताराचन्द साह लगायतले नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई दिनुभएको थियो ।
नगर अध्यक्ष महेन्द्र जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले अबको निर्वाचनमा नेकपा एमाले बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा बिजय हुने दाबी गर्नुभयो ।