आजभन्दा एकसय वर्ष अगाडिसम्म नेपालका महिलाहरु एक साधन थिए । हुनत महिलाहरुले अधिकार पाएको एक सय वर्ष भएको भन्न पनि खोजिएको होइन यद्यपि नेपालको कुरा गर्ने हो भने धेरै छिटो महिलाहरुले अधिकार पाएका छन् । आज नारी दिवस मनाइरहदा महिलाहरुले कति अधिकार पाए भन्नेमा समीक्षा गर्न पनि आवश्यक छ । नेपालको परिवर्तनमा महिलाहरुको सहभागिात पनि ओझपूर्ण छ ।
सति प्रथा जस्तो कुसंस्कार रहेको नेपालमा अहिले महिलाहरु मुलुकको ठाउँठाउँमा पुगेर कार्यकारी भूमिकामा समेत रहेका छन् । उनीहरुले आफ्ना अधिकारहरु स्थापनाका लागि संघर्ष गरेकै कारण पनि फल पाएकै हुन् । अब महिलाको सवालमा नेपालको कानुन बलियो छ । महिलाको सवालमा कानुनमा खोट लागउने ठाउँ छैन ।
अब महिलाहरुले आफू पिल्सिएको कुराभन्दा पनि आफूले पाएको उपलब्धी संस्थागत गर्नतर्फ ध्यान दिन जरुरी छ । महिलाहरुले आफू ठाउँमा पुगेपछि अरु महलिाहरुको बिषयमा पनि सोच बनाउन आवश्यक छ । अब पुरुषलाई गाली गर्र्दैमा र अवसर पाइएन भन्दैमा महिला हिंसा भएको भन्न सकिन्न । हिंसा अन्त्य त भएको छैन तर कानुन अभाव छैन । सबै कुरा महिलाकै पक्षमा छन् ।