बिदुर खडका

डुमरवाना,साना किसान कृषि सहकारी संस्था सिमराले टाँगियाबस्तिमा बाघले बाख्रा मारेर पीडित बनेका बाख्रापालक किसानलाई राहत प्रदान गरेको छ ।सहकारीले बाख्रा पालेर गुजारा चलाउदै आएका टाँगियाबस्तिका धनबहादुर थिङ्गको १० वटा बाख्रा बाघले खाएर सखाप पारेपछि पीडित परिवारलाई सहकारी संस्थाले राहत स्वरुप १२ हजार नगद सहयोग गरेको हो ।कृषि सहकारि संस्था सिमराका अध्यक्ष कमला अधिकारी रिमालको टोलीले पिडित परिवारको घर मै पुगेर शुक्रवार राहत वितरण गरेको थियो । सरकारी निकायले टाँगियालाई अबैधानिक बस्ति भन्दै पीडित परिवारलाई राहत दिन इन्कार गरिरहेको बेला सहकारीले किसानलाई आर्थिक सहयोग गरेको हो । राहत पाएपछि पीडित परिवारले कृषि सहकारी संस्थाप्रति आभार व्यक्त गरेका छन ।

Leave a Reply