बिदुर खडका

डुमरवाना,देशको ठुला कम्युनिष्ट पार्टीहरुभित्र सैद्धान्तिक विचलन उत्पन्न भएर गुट, उपगुटमा विभाजन हुदै गरेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी मसाल पनि विभाजनको संघारमा पुगेको छ । मोहन बिक्रम सिंह र चित्रबहादुर केसीले नेतृत्व गरेको मसाल पार्टीमा चरम अन्तरविरोध उत्पन्न भएर विभाजनको संघारमा पुगेको छ ।

नेकपा मसालमा देखिएको सैदान्तिक समस्याहरुलाई छलफलबाट हल गर्नुको साटो मोहन बिक्रम समुहले उल्टै समन्वय समितिका सदस्यहरुलाई कारबाही गरेकोले समानान्तर समिति बनाउन बाध्य भएको सो पार्टीको प्रदेस दुईका संयोजक कर्ण थापाले बताउनु भएको छ ।

नेकपा मसालभित्र हाल देसभरि २३ वटा जिल्ला र विदेशमा रहेका प्रवासी संगठनहरुमा पनि समानन्तर समिति गठन भइसकेको थापाको दाबी छ ।

नेतृत्वले पार्टीको वर्तमान कार्यदिशा परिवर्तन गर्नु पर्ने विद्रोही पक्षको माग छ । हालको संसदीय व्यवस्थाबाट नै समाजवादमा जान नसकिने निष्कर्षसहित मसालभित्रको विद्रोही समुहले विषेश महाधिबेशनमार्फत पार्टीलाई विभाज गर्ने तयारी गरेको थापाको भनाइ छ ।

समाजवाद भनेको नेपालका अन्य कम्युनिष्ट पार्टीहरु र बर्जुवा पार्टीको रुपमा रहेका नेपाली कांग्रेस, राजावादी र मधेसवादी पार्टीहरुले भन्दै आएको जस्तो जनतालाई भुृलभुलैयामा पर्ने चुनावी नारामात्र भएकोले समाजवादी व्यावस्थामा अहिलेको जस्तो भाँडतन्त्र नहुने र आफुहरुसंग समाजवादको स्पष्ट कार्यनिति रहेको थापाको दाबी छ ।

हालसंम्म पनि पार्टी गतिविधि अर्धभुमिगत अवस्थामा संचालन गर्दै आएको नेकपा मसालले खुल्ला गतिविधि भने जनमोर्चाको नाममा संचालन गर्दै आएको छ ।

Leave a Reply