वीरगन्ज,धनतेरसको अवसर पारेर मंगलबार एक कार्यक्रमबीच रेडियो वीरगन्ज परिसरा निर्मित टिभी वीरगन्जको नयाँ स्टुडियोको उद्धघाटन गरिएको छ ।

टिभी वीरगन्ज एवं रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले मंगलबार साँझ एक कार्यक्रमकाबीच टिभी वीरगन्जको नवनिर्मित अत्याधुनिक स्टुडियोको उद्धघाटन गर्नु भएको हो ।

रेडियो वीरगन्ज परिसरमा निर्माण गरिएको नयाँ स्टुडियोबाट टिभी वीरगन्जले मंगलबारबाट नियमित प्रशारण शुरु गरेको छ ।

 

यसअघि टिभी वीरगन्ज स्टुडियो रेडियो वीरगन्जकै भवनमा रहेकोमा छुट्टै भवन निर्माण गरी स्थापना गरिएको हो । स्टुडियो उद्धघाटनसंगै नियमित प्रशारण समेत सुरु गरिएको टिभी वीरगन्जका प्राविधिक प्रमुख दिपक कुशवाहाले जानकारी दिनुभयो । उद्धघाटन कार्यक्रममा वीरगन्जका संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

Leave a Reply