सिमरा,हातेमालो बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित विद्यालयमा अध्ययनरत मन्टेश्वरी कक्षाको विद्यार्थीका लागि टेलिभिजन हस्तान्तरण गरेको छ ।सहकारीको १७औं स्थापना दिवसका अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत हातेमालोले विद्यालयलाई टेलिभिजन सहयोग गरेको हो ।

श्रव्यदृश्य सामग्रीमार्फत छात्रछात्रालाई अध्यापन गराउन सहज होस् भन्दै हातेमालो सहकारीका अध्यक्ष यज्ञबहादुर आलेले जीतपुरसिमरा वडा नम्बर २१ का वडा अध्यक्ष सुवास श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साहलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।स्थापना दिवसको अवसरमा हातेमालोले विभिन्न रचनात्मक कार्य गर्दैआएको छ । जिल्लामा उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित भइसकेको हातेमालोको जेठ २० गते १७औं स्थापना दिवस कार्यक्रम रहेको छ ।

Leave a Reply