करैयामाई,
बाराको करैयामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरेन्द्रप्रसाद यादव हाजिर हुनु भएको छ । उहाँलाई एक कार्यक्रमबीच करैयामाई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमा स्वागत गरेका छन । प्रमुख प्रशासकीय अधिकृत यादवको स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष भुनेश्वर धामी, उपाध्यक्ष चित्ररेखाकुमारी चौधरी, गाउँपालिकाका वडा अध्यक्ष, गाउँ कार्यापालिका सदस्य र गाउँपालिकाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।