रौतहट,रौतहटमा नेपाल भारत सीमा क्षेत्र भएर नेपाली वा भारतीय नागरिकहरु ओहरदोहर गर्न अबदेखि अनिवार्य रुपमा परिचय पत्र बोक्नु पर्ने भएको छ ।नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षाकर्मी (एसएसबी) ले नेपाली र भारतीय नागरिकहरु ओहरदोहर गर्नेलाई आफनो परिचय खुल्ने कागजात देखाएपछि मात्रै आवतजावतको अनुमति दिने गरेको छ ।पाकिस्तानी महिला सिमा हैदर महोत्तरी जिल्लाको भिठामोड नाका हुदै भारत प्रवेश गरेको र विहार हुँदै उतरप्रदेशको नोयडा पुगेपछि सिमामा खटिएका भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) ले नाकामा कडाइ गर्दै नागरिकहरुको परिचय पत्र हेरेर मात्रै ओहरदोहर गर्न दिइरहेका छन् ।मधेस प्रदेश सहित नेपालको सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसबीले सिमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका हुन ।भारतीय नागरिक सचिन मिणासँगै नेपाल हुदै पाकिस्तानी नागरिक सिमा हैदर चार बच्चासहित भारतमा प्रवेश गरेपछि भिठामोड नाकामा खटिएका सबै सुरक्षाकर्मीलाई कारबाही गरिने भएकोले मधेस प्रदेश सहित भारत नेपालका सिमावर्ती क्षेत्रमा तैनाथ एसएसबीले आवागमनका बेला यात्रुहरुले अनिवार्य परिचयपत्र देखाउनु पर्ने नियम लागु गरेको हो ।




















