रौतहट,रौतहटस्थित प्रहरी र वन कार्यालयको टोलीले एक घरमा छापामारी गरेर अवैध सालको काठबाट बनेको झ्यालसहित चिरान काठ बरामद गरेको छ ।डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहको नेतृत्वमा र सब डिभिजन कार्यालय गैँडाटारका कर्मचारी र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले गैँडाटार टोल स्थित एक घरमा छापामारी सालको तयारी झ्याल ८ थान र फली १४ थान बरामद गरेको हो ।बरामद काठहरू डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको वन अधिकृत शैलेन्द्रकुमार मिश्रले बताउनुभयो । बरामद काठको बजार मूल्य १ लाख २५ हजार बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply