निजगढ,रौतहटको गुजरा नगरपालिका– ३ स्थित जंगलशैया– सिम्री सडक खण्डको जङ्गल क्षेत्रबाट लागू औषधसहित निजगढका दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।निवार साँझ ६ः१५ बजेमा सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा दुई जनाको साथबाट ठुलो परिमाणमा लागू औषध बरामद गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका– ८ निवासी १८ वर्षीय माइला भनिने नवबहादुर वाइबा र सोही ठाउँ बसोबास गर्दै आएका १९ वर्षीय दावा योञ्जन रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोषकुमार बस्नेतले बताउनुभयो । उनीहरूले झोलामा लुकाइछिपाई लागू औषध बोकेको अवस्थामा प्रहरीले फेला परेको हो ।
उनीहरूको साथबाट ट्रामोडोल ५० एमजी ३०० पिस, नाइट्राजेपाम ट्याब्लेट १० एमजीको १४० पिस, नेट्जेकेयर १० एमजी ५ पिस, नुफिन इन्जेक्सन १ थान, डाइजेपाम १ थान, फेनेरगन १ थान बरामद गरिएको एसपी बस्नेतले जानकारी दिनुभयो ।पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply