कलैया,बाराको विश्रामपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । फेटा गाउँपालिका वडा ४ चिलझप्टी निवासी पन्नालाल साह कलवारको बिहीवार विहान हिलोले लतपतिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् ।मृतक पन्नालालको शव बिहान ७ बजे विश्रामपुर वडा नम्बर ४ बलिरामपुरमा भारतीय सीमा क्षेत्र नजिकै खेतमा हिलोले लतपतिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगतै प्रहरी चौकी मुसहर्वाको टोली र सशस्त्र प्रहरी बरैनियाको टोली घटनास्थलमा पुगेको थियो ।३८ वर्षका मृतक पन्नालाल विगत १० वर्षदेखि विश्रामपुर वडा नम्बर–४ बलिररामपुरमा बस्दै आएका थिए । आपसी रिसीबीको कारण कसैले उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयबाट पनि तालिम प्राप्त कुकुरसहित प्रहरी घटनास्थालमा पुगेर अनुसन्धान गरिरहेको छ ।विश्रामपुरमा हत्या गरिएको अवस्थामा युवकको शव फेलाआपसी विवादमा एक महिना पहिला छिमेकी फुलचन महतो केवटले ज्यान मार्ने धम्की दिएका थिए । उनीहरुले नै मारेको हुनसक्ने मृतककी श्रीमती सिता देवीले आशंका जनाएपछि फुलचनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















