कलैया,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटामा मंगलबार बिहान नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय राजु ठाकुरका छोरा २ वर्षिय मनिष कुमारको मंगलबार बिहान घरकै अगाडि नालामा डुबेर मृत्यु भएको हो । बिहान ८ बजे तिर नाला छेउमै खलिरहेका बेला अचानक खसेर डुबेका बालकको शव बिहान ११ बजे तिर नालामा तैरिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।