वीरगञ्ज,“पूर्ण खोप, सुनिश्चित भविष्य” भन्ने मूल नारासहित पर्सा जिल्लालाई पूर्णखोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ ।वीरगञ्जको क्लासिक बनुतमा स्वास्थ्य कार्यालय पर्साको आयोजनामा शनीवार आयोजना गरिएको “पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणासभा कार्यक्रम” मा पर्सालाई पूर्णखोप सुनिश्चि जिल्ला घोषणा गरिएको हो ।घोषणा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति पर्साका सभापती निरञ्जनप्रसाद सोनारले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन सिंह सहभागी हुनुहुन्थ्यो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास, पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन चौरसिया र स्वास्थ्य प्रबन्धक विपिन ओझा विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री सत्रुधन सिंहले पूर्ण खोप सुनिश्चितता अभियानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यस उपलब्धिका लागि स्वास्थ्यकर्मी, स्थानीय तह तथा नागरिकहरूलाई धन्यवाद दिनुभयो । उहाँले खोपले सुरक्षित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा जोड दिनुभयो ।सभापती निरञ्जनप्रसाद सोनारले यो घोषणा केवल स्वास्थ्यको उपलब्धि मात्रै नभई दीर्घकालीन जनस्वास्थ्य सुरक्षाको आधार भएको बताउँदै खोप अभियानलाई निरन्तरता दिन समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रतिनिधिहरूले खोप अभियानमा देखिएका चुनौतीहरू, हासिल गरिएका सफलताहरू तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी दिएका थिए ।

Leave a Reply