सुन नेपालमा बिक्री हुने बहुमुल्य धातु हो ।त्यसो त सुन नेपालमा मात्र होइन बिश्व बजारमा नै बिक्री हुने महँगो धातुमा पर्छ । बढी मूल्यवान भएकाले यसको माग र कारोबार पनि बढी भएको हो ।तर, माग बढी भयो भन्दैमा यसको अवैध कारोबार वा यसको अवैध ओसारपसारका लागि अनुमति पाउने कुरै भएन । तर, नेपालको कुरा गर्ने हो भने त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक दुई थान मोवाइल भित्र्याउन जति गाहे होला सुन भित्राउन त्यो भन्दा सजिलो छ । यसको प्रमाण हालै पनि देखिएकै छ । राज्यका संयन्त्रहरुको दरो उपस्थिति रहने विमानस्थलबाट निर्वाध सुनको तस्करी भइरहेको छ ।यो सामान्य तवरले हुने कुरै भएन । सुन तस्करीमा गृह, अर्थमन्त्रीहरुको संलग्नता रहेको आरोप सिधा लागेको छ । त्यसो त सुरक्षा निकाय र अर्थका कर्मचारीहरुको बाक्लो उपस्थिति रहने स्थानबाट सुनको तस्करी हुने कार्यलाई यसैपनि सहज रुपमा लिने कुरा भएन र यसमा गृह र अर्थमन्त्रीहरुको बिषयमा प्रश्न उठ्नु पनि स्वभाविक नै हो ।तर, जसले जे भनेपनि नेपालमा सुन ठूलाहरुबाट नै तस्करी भइरहेको छ । यसमा कुनै शंकोच छैन तर विमानस्थलबाट यत्तिका सुन बरामद हुन्छ तर यी सुन कहाँ जान्छ भन्ने कुरा चैं महत्वपूर्ण हो । यी सुनहरु बजारमा व्यवसायीले खरिद गरेर केही भएपनि सस्तोमा बिक्री हुनु पर्ने हो तर भएको छैन । यो हिसावले तस्करीबाट भित्रिएको सुन कहाँ गइरहेको छ भनेर खोजी पनि गर्नुपर्ने भएको छ ।

















