कार्वाहीका सिफारिसमा परेका पत्रकार प्रकाश लाम्साल तथा कृष्ण सिग्देल ।

कृपा संवाददात
बारा, २६ पुस । प्रेस संगठन नेपाल बाराको पहिलो बैठक बाराको मन्हर्वामा शनिबार सम्पन्न भएको छ । संगठनका संयोजक दिवाकर भण्डारी तथा सह– संयोजक रामबावु मेहताको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेका छन् ।

 

 

 

 

 

बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रकाश लाम्साल तथा जिल्ला सदस्य कृष्ण सिग्देललाई कार्वाही गर्नको लागि सिफारिस गरेका जानकारी दिए । संगठनका केन्द्रिय सदस्य लाम्साल तथा जिल्ला सदस्य सिग्देलले पार्टी तथा संगठनको विपरित क्रियाकलाप गरेकाले कार्वाही गर्नका लागि केन्द्रिय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेका बारे संगठनका बैठकमा सहभागीले जानकारी दिए ।

 

 

 

 

 

प्रेस संगठन नेपालका केन्द्रिय सदस्य लाम्साल तथा जिल्ला सदस्य सिग्देलले संगठन तथा पार्टीको वितरित विगत लामो समय देखि क्रियाकलाप गर्दै हिडेकाले कार्वाहीको लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको बारे बैठकमा सहभागी श्रोतले जानकारी दिए ।

 

 

 

 

 

 

प्रेस संगठन नेपालका केन्द्रिय सदस्य लाम्सालले पटक पटक गरी पार्टी तथा संगठनको विपरित कार्य गर्दै आएका थिए । प्रेस संगठन नेपालका केन्द्रिय सदस्य लाम्साले तत्काली नेकपा एमालेका भातृ संगठन प्रेस चौताकी नेपालका तर्फबाट पत्रकार महासंघ बाराका अध्यक्षमा आधिकारी उम्मेदवार लक्ष्मी साहलाई हराउनको लागि ठूलो भूमिका खेलेका थिए ।

 

 

 

 

 

 

त्यसैगरी पत्रकार महासंघको केन्द्रिय अध्यक्षका उम्मेदवारमा तत्काली नेकपा एमालेका भातृ संगठन प्रेस चौताकीका तर्फबाट शिव गाउँले , महेन्द्र विष्टलाई खुल्ला रुपमा असहयोग गरेका थिए । प्रेस संगठन नेपालका केन्द्रिय सदस्य लाम्सालले पार्टी भित्रका गोप्य कुरा पनि मोबाईलमा रेकर्ड गरी बाहिर ल्याउने गरेको कुरा पुष्टी भएकाले कार्वाही गर्ने निर्णय गरेको श्रोतले जनाए ।

 

 

 

 

 

 

 

पटक पटक प्रेस संगठन नेपालका केन्द्रिय सदस्य लाम्सालले पार्टी तथा संगठनको विपरित क्रियाकलाप गर्दै गरेकै कारणले कार्वाही गर्नको लागि सिफारिस गर्ने निर्णय गरेका छन् । केन्द्रिय सदस्य लाम्साल तथा सिग्देललाई पटक पटक पार्टी तथा संगठनको विपरित नलाग्न भने तापनि दुबै जनाले गल्तीलाई दोह्राएको पाएकाले यस्तो निर्णय गर्न बाध्य भएका बैठकमा सहभागीले सुनाए ।

 

 

 

 

 

 

त्यसैगरी बैठकले पत्राकार महासंघको सदस्यता सुदृढीकरण , प्रेस संगठन नेपाल बाराको जिल्ला भेला कोल्हवीमा गर्ने निर्णय गरेका बारे संगठनका जिल्लाका संयोजक भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here