कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकाबाट डिभिजन वन कार्यालय पर्साको गस्ती टोलीले मंगलवार राति ५० क्युफिट सालको गोलिया काठ बरामद गरेको छ ।
डिभिजन वन कार्यालय पर्साबाट सहायक वन अधिकृत रामपुकार यादवको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर दुई सेढवामा रहेको चिरान मिलमा अबैध रुपमा कटान गरि राखिएको अवस्थामा राति ८ः३० बजे १५ थान सालको गोलिया काठ बरामद गरेको हो ।
बरामद काठ आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय बसन्तपुरमा राखिएको र थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल अधिकृत सुभासचन्द्र दासले जानकारी दिनुभयो ।



















