वीरगन्ज,वन तथा वातावरण मन्त्री प्रदीप यादवले तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु तीव्र गतिमा अघि बढाउनु पर्ने बताउनुभएको छ ।

क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले वीरगन्जमा मंगलवार आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो । पछिल्लो समयमा बिकासको नाममा विनाशका गतिविधि हुने गरेकोमा आपत्ति जनाउँदै मन्त्री यादवले पर्यावरणीय सन्तुलनलाई आत्मसाथ गरेर गरिएका विकास निर्माण योजनामात्रै दीगो विकास हुने दावी पनि गर्नुभयो । उहाँले विमानस्थल निर्माण गर्दा पनि जैविकविविधताको न्यूनतम क्षति हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री यादवले राजनीतिक संरक्षणमा बिना लाइसेन्सको क्रसर उद्योगहरु धमाधम संचालन भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसरी अबैध रुपमा संचालनमा आएका क्रसर उद्योगलाई चाडोभन्दा चाडो बन्द गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गर्ने बताउनुभयो । अवैध रुपमा सञ्चालित क्रसर उद्योगले चुरे दोहन गरेर मधेशलाई मरुभुमीकरण गरी रहेको हुँदा यसलाई नियमन गरिने उहाँको धारणा रहेको छ । उहाँले वातावरणलाई सन्तुलित राखेर मात्रै बिकास निर्माणका काम गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

उहाँले देशका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गर्ने बताउनु भयो । अवैध रुपमा सञ्चालित क्रसर उद्योगले चुरे दोहन गरेर मधेशलाई मरुभुमीकरण गरी रहेको हुँदा यसलाई नियमन गरिने उहाँको धारणा रहेको छ ।

अर्को प्रशंगमा बहुचर्चित नागरिकता विद्येयक पास गराउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले जनताको रहर, हरित शहर कार्यक्रम सञ्चालन गरेर श्रावन महिनामा एक करोड विरुवा रोप्ने बताउनुभयो । क्रियाशील युवा पत्रकार मञ्चले बधाई पत्रसहित मन्त्री यादवलाई उपहारस्वरुप बिरुवा प्रदान गरेको मञ्चका अध्यक्ष प्रणयकुमार साहले बताउनुभयो ।

मञ्चका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुखराजेशमान सिंहले युवा पत्रकारहरुलाई क्रियाशील भइरहन आग्रह गर्नुभयो । मञ्चमा आवद्ध पत्रकारहरुलाई सक्रियताका साथ उर्जाशील एवम् उत्साहित भएर काम गर्न आग्रह गर्दै उहाँले सामाजिक कार्यलाई निरन्तरता दिन पनि सुझाव दिनुभएको छ । मञ्चले गर्ने क्रियाकलापमा साथ र समन्वय गर्न महानगर तयार रहेको मेयर सिंहको भनाइ रहेको छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का युवा नेता मुकेश द्विवेदी, जसपा वीरगन्ज महानगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादव, मञ्चका सल्लाहकार मनोज उपाध्याय, शिवशंकर साह, प्रताप श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेकोे मञ्चका महासचिव बिरेन्द्र साहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here