खोला र नदीनाला तथा प्रकृतिसंग मानिसको सम्बन्ध परापूर्वकालदेखि नै छ । श्रृष्टिको सुरुवातमा मात्रै होइन केही दशक अघिसम्म मानिसले नदीको पानीबाट नै प्यास मेट्नुका साथै आफ्नो दैनिकी पनि पूरा गर्ने गरेका थिए । आज समय परिवर्तन भएको छ । प्रविधि भित्रियो जसले गर्दा मानिसले खानेपानी पनि फरक भयो । अचेत मानिसहरु जार र बोतलमा राखेर शिल प्याक गरिएको मिनिरल वाटर प्रयोग गर्छन । तर जहाँसुकैको भएपनि पानीको मुल श्रोत वनजंगल र खोलानाला नै हो । तर, आज मानिसले यीनै प्रकृतिक श्रोत साधनमाथि धावा बोलिरहेको छ ।आफ्नो स्वार्थ पूरा गर्नका लागि मानिसले प्रकृतिको दोहन गरिरहेको छ । प्रकृतिसंग मानिसको सम्बन्ध संधै रहनेछ भने जीवजन्तुहरुको पनि उत्तिकै अधिकार छ । नदीको पानी पिउन पाउने अधिकार सबै जन्तुहरुमा छ तर मानिसले प्रकृतिको यसरी दोहन गरिरहेको छ कि मानौं प्रकृति उसका लागि मात्रै सिर्जित हो अनि भावी पुस्ताप्रति ऊ निकै अनुदार पनि छ ।बारा जिल्लामा पनि सुन्दर प्रकृति छ अनि कंचन खोलानाला । तर, यी खोलानालामाथि मानिसले निर्वाध दोहन गरिरहेका छन् । आफ्नो स्वार्थका लागि मानिसले बाराका खोलानालहरुको दोहनले भविष्यका सन्ततिप्रति धावा बोलिरहेको छ ।मानिस आफ्नो स्वार्थका लागि जे पनि गर्छ भन्ने कुरासमेत बाराको खोलानालामा भएका दोहनले देखाउछ । त्यसैले यस्ता खोलानाला दोहन रोक्नका लागि सरकारले चासो दिनु पर्दछ । संरक्षण गर्न आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here