बरियारपुर, मनहर्वा,नेपाली कांग्रेसका सभापती एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै सरकारमा सहभागी हुने काँग्रेसको चाहना नरहेको बताउनुभएको छ । बाराको पचरौता नगरपालिकाको भारतीय सिमावर्ति बेलदारी गाउँमा आइतबार अन्तर्राष्ट्रिय कस्ति प्रतियोगिताको उदघाटन गर्दै पुर्व प्रधानमन्त्री देउवाले तत्कालै सरकारमा सहभागी हुन आफुहरु नहतारिने स्पष्ट पार्नु भयो । उहाँले अब हुने निर्वाचनबाट नेपाली काँग्रेस मुलुकको सबै भन्दा ठुलो दल बनेर आफ्नै पार्टीको एकल सरकार बनाउने दाबी समेत गर्नुभयो । नेपाली काँंग्रेसले सरकारको नेतृत्व गर्न लागेको हल्लाको पछाडि नलाग्न भन्दै काँग्रेस सभापती देउवाले अहिलेदेखि नै काँग्रेसविरुद्धको भ्रम हटाउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो । सरकारमा तत्काल सहभागी हुने कुनै सोंच नभएको बताउँदै देउवाले तर नेपाली कांग्रेसको काँधमा जिम्मेवारी आए पछाडि नहटने पनि बताउनुभयो । ‘हामी सरकारमा जान हतारिएका छैनौं, तर मुलकलाई निकास दिन आवश्यक परे सरकारको नेतृत्व गर्न पनि तयार छौंं ।’ देउवाले भन्नुभयो ।

मुलुकको वर्तमान अवस्थालाई नेपाली काँग्रेसले सुक्ष्म तरिकाले नियालिरहेको काँग्रेस सभापती देउवाको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मोहन बस्नेत, फरमुल्लाह मंसुर, उमाकान्त चौधरी लगायतका नेताहरूले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here