रौतहट,रौतहटको बौद्धिमाई नगरपालिकामा एकजना निर्देषलाई प्रहरीले झुटा मुद्दामा फसाउन खोजेको आरोप लगाउदै पीडित परिवारका सदस्य धर्नामा बसेका छन ।जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारबाहीको माग गर्दै पीडित परिवार मंगलवार गाउँमै धर्नामा बसेको छ ।

रौतहटको बौद्धिमाई नगरपालिका वडा नम्बर ८ का स्थानीय गंगाराम बैठालाई झुठो मुद्दामा फसाउन चलखेल गरेको आरोप लागेका डिएसपी रायलाई कारबाही गर्नुपर्ने र बैठालाई रिहा गर्नुपर्ने माग राखेर उनीहरुले धर्ना शुरु गरेका हुन ।
बौद्धिमाई नगरपालिका बंकुल बजारको दुर्गा मन्दिर छेउमा उनीहरु धर्ना बसेका छन् । बैठाका श्रीमती चमेली देवी, छोरा दिपेन्द्र बैठा, छोरी दुर्गा रजत, भाई सुरेश बैठा, भाई धिरज बैठा सहित स्थानीय एवं छिमेकीहरु धर्नामा बसेका छन् ।
पीडित परिवार धर्नामा बसेपछि रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेले बैठा तोडफोड घटनामा संलग्न रहेको र पुरानो कर्तव्य ज्यान मुद्धामा थुनछेक बहस हुँदा निजलाई पुर्पपक्षका लागि थुनामा राख्ने अदालतको आदेश अनुसार गौर कारागारमा रहेको बताउनुभयो ।

डिएसपी रायले पनि एक विज्ञप्ती जारी गर्दै तथ्यहिन, भ्रामक तथा झुठा स्टाटस सामाजिक सञ्जालमा लेखेर बदनाम गराउन खोजेकाले त्यसमा विश्वास नगर्नभन्दै त्यस्तो कार्यप्रति जिप्रकाको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
गत पुस ८ गते बौद्धिमाई नगरपालिकाको वडा नम्बर ८ सरमुजवामा नाला निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउने क्रममा ढुंगामुढा भएको र जेसिवीमा समेत तोडफोड गर्ने कार्यमा बैठा संलग्न रहेको डिएसपी रायले जनाउनुभएको छ । साथै यो आपराधिक उपद्रव मुद्दा चल्दैगर्दा २०५९ साल भदौ २९ गतेमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा समेत बैठा प्रतिवादी रहेको र सो मुद्दा मुल्तवीमा रहेकाले अदालतको गत माघ ६ गते भएको थुनछेक बहसमा बैठालाई पुर्पक्षका लागि गौर कारागार राखिएको डिसपी रायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।यता डिएसपी रायको विज्ञप्ति सार्वजनिक भएपछि तोडफोडको घटनामा बैठा संलग्न रहेको भन्ने कुरा प्रमाणित गर्न आम जनता पार्टी (आजपा)का महासचिव त्रिभुवन साह अमरले चुनौति दिनुभएको छ ।

‘उक्त घटनामा बृद्ध गंगाराम बैठाको संलग्नता पुष्टि गर्न डिएसपी साहेबलाई चुनौति दिन चाहन्छु,’ उहाँले भन्नुभएको छ, घटनास्थलमा हुदै नभएका व्यक्तिलाई दोषी करार गर्नु अपराध हो कि होइन ? हो भने तपाई स्वम् दोषी हो । यसमा नेपाल प्रहरीका सम्बन्धित निकायले छानबिन गरोस भन्ने माग गर्दछु ।’ महासचिव साहले फेसबुकमा स्टाटस लेख्नुभएको छ ।

Leave a Reply