सिमरा,दोस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि गरुडा नगरपालिका रौतहटले उचालेको छ । सिमरामा शनीवार सम्पन्न फाइनल खेलमा बारा जिल्ला क्रिकेट संघलाई एक विकेटले पराजित गर्दै रौतहटले उपाधि उचालेको हो ।सेज क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाराले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । हालै सम्पन्न मधेश प्रदेश लिगको विजेता रहेको बाराका लागि निकेश गुप्ताले सर्वाधिक २७ रन बनाए । यसैगरी ओपनर निरजकुमार यादवले २६, त्रितराज दासले २२, कप्तान अरनिको यादवले १८ रन बनाए ।

बाराका अन्य ब्याटर फाइनल खेलमा चल्न सकेनन् । रौतहटका बलर सन्नी साह र राहुल गुप्ताले समान ३÷३ विकेट लिए भने नितेश यादवले दुई विकेट हात पारे ।बाराले दिएको एक सय ३२ रनको लक्ष्य पछ्याएको रौतहटले अन्तिम ओभरमा जित हात पारेको हो । रौतहटले १९.२ ओभरमा ९ विकेट गुमाउँदै एक सय ३३ रन बनाएको थियो । रौतहटका लागि सोबेन्द्र पासवानले उत्कृष्ट पाली खेल्दै टिमलाई जित दिलाए । सोबेन्द्रले ३८ रन बनाए ।यसैगरी ओपनर नितेश यादवले ३५ र शैलेन्द्र कुशवाहाले २२ रन बनाए । रौतहटका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसकेपनि तेस्रो विकेटपछि आएका सोबेन्द्रले टिमका लागि बिजयी पाली खेलेका हुन् ।बाराका आदिल अंसारी र निखिल सिंहले समान ३÷३ विकेट लिए । यसैगरी भुलावन सहनी र जितेन्द्र यादवले १-१ विकेट हात पारे ।

Leave a Reply