सिमरा,केही समय यता पर्सा राष्ट्रिय निकुञ्जको मुहार फेरिँदै जान थालेको छ ।जैविक विविधतासंगै पर्यटन प्रवद्र्धनसमेत गर्ने उद्देश्यले गरिएको साजसज्जा र पूर्वाधार निर्माणले निकुञ्जको मुहार फेरिँदै जान थालेको हो ।बारा, पर्सा र मकवानपुरको ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जमा विश्वमैं दुर्लभ पाटेबाघ, एक सिंङ्गे गैंडा, गौरी गाई, घोडगधा, हात्ती, मृग लगायतका ठूला वन्यजन्तुको बासस्थानको रुपमा परिचित छ ।जैविक विविधता संरक्षणसंगै पर्यटन प्रवद्र्धनललाई समेत महत्व दिएर कामा गर्न थालेपछि निकुञ्जमा पर्यटकको आकर्षण बढेको हो । कार्यालयले पर्यटकहरुको आवागमनमा सहज होस भन्ने उद्देश्यले चुरेको भाटा प्रतापपुरको सडकलाई चितवन राष्ट्रिय निकुन्ज जोडेपछि पर्साको ठोरीदेखि प्रतापपुरसम्म पुग्न सकिने भएको निकुञ्जका सूचना अधिकारी सूर्य खडकाले जानकारी दिनुभयो । उहाँले पर्यटकको सुविधालाई ध्यानमा राखेर ८÷९ किमि रिङ्गरोडको ट्रयाक खोलेको, राप्ती नदीमा झोलुग पुल, सुवर्णपूरमा पनि पूर्वाधार सुधारको काम हुँदै गरेको बताउँनुभयो । यसका साथै हात्तीसारको व्यवस्थापन पनि गरिएको छ । त्यसैगरी निकुञ्जभित्र पर्ने भाटा मन्दिर दर्शनको लागि मनहरीबाट २ घण्टामा आउँन सडकलगायत पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।निकुञ्जभित्र रहेको प्रतापपुर पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा रहेको छ । उक्त स्थानमा ८ वटा गैंडा छन् । सो क्षेत्रमा निकुञ्जले हाल विद्युत पुर्याउँने काम पनि सम्पन्न गरेको छ ।
















