निजगढ,गत बैशाख १६ गते आएको हावाहुरीले ढालेर निजगढ नगरपालिकाका किसानको करिव ५ करोड रुपैया मूल्यको केरा खेति नष्ट भएको छ ।

पानीसंगै आएको हुरीले केराको बोट ढालेर ५ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको निजगढ ९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार निजगढमा करिव १२ सय बिगा केरा खेती गरिएकोमा करिव १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षेति भएको छ ।

हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए । तर बेच्ने बेला भएपछि आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरु समस्यमा परेको निजगढ ९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताउनुभयो ।

Leave a Reply