निजगढ,छिमेक लघुबित्त बित्तीय सस्था लिमिटेड निजगढ शाखाले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा बिहीवार भएको कार्यक्रममा सस्थामा आवद्ध ४७ जना सदस्य तथा अभिभावकहरु सहभागी भएका थिए । सहभागीहरुलाई आर्थिक कारोबार, पारिवारिक बजेट निर्माण र डिजिटल बैंकिङ कारोबार बारेमा जानकारी दिइएको थियो ।कार्यक्रममा छमेक लघुबित्त बित्तीय सस्था मधेस प्रदेशका प्रबन्धक लालबहादुर यादव, अनुगमन प्रमुख सुरेस अर्याल, सूचना प्रविधि विभाग सहायक किरण परियार, शाखा प्रमुख रामरतन बछारलगायतको उपस्थिति रहेको थियो ।छिमेक लघुबित्तले हाल देशभर ६९ जिल्लामा १ सय ९७ शाखामार्फत कारोबार गर्दै आइरहेको छ ।
















