धिरेन्द्र तिवारी
कलैया,राष्ट्रिय क्षयरोग निवारण संस्था बाराले ७०औं स्थापना दिवसको अवसरमा बुधवार कलैयाको एउटा मदर्शमा खाद्यान्न सामग्री वितरण गरेकोछ ।संस्थाले कलैया उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर ७ को रंगपुरमा रहेकोे मदार्सामा चामल, दल, पाउरोटी, बिस्कुटलगायतको खाद्य सामग्री वितरण गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नम्बर ३ ख का मधेस प्रदेश सभा सदस्य महम्मद समिरले मदर्साका मौनाला अब्दुल रहमानलाई सामग्री हस्तान्तरण गर्नुभएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि सभासद समिरले मदर्साका विद्यार्थी र कार्यक्रममा सहभागी भएका अन्य स्थानीयहरुलाई क्षयरोग रोगको बारे प्रकाश पार्नुभएको थियो । साथै कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यको विकासको लागि ध्यान दिन आग्रह गर्नुभएको थियो । साथै उहाँले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधामामा लगानी गरि क्षेत्रका बासिन्दाहरुलाई स्वस्थ र शिक्षित बनाउने बताउनुभएको थियो ।कार्यक्रममा नागरिक समाज बाराका उमेशलाल दास, नेकपा एसका केन्द्रीय कमिटी सदस्य श्रीप्रसाद पासवान, जनमत पार्टीका केन्द्रीय सदस्य कमरुदिन अन्सारी, राष्ट्रिय क्षयरोग निवारण संस्थाका सचिव बैधनाथ साह कलवार, सदस्यहरु राजकुमार साह, मन्जुर हक, ध्रुव रेग्मी, तैयबलगायतले शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रम संस्थाका अध्यक्ष अब्दुल रेयाजीको अध्यक्षतमा सम्पन्न भएको थियो । सो कार्यक्रमको संचालक सस्थाका सदस्य शंकर भट्टराईले गर्नुभएको थियो । संस्थाका सहसचिव किशोरकुमार रामले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

















