राजन कुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ४५ करोड ६७ लाख ८० हजार रुपैयाँको बजेट पारित गरेको छ ।नगरप्रमुख प्रधुमन चौहानको अध्यक्षतामा बसेको सातौं नगरसभाले उक्त रकम बराबरको बजेट पारित गरेको हो ।संघीय सशर्त अनुदान २१ करोड ५९ लाख रुपैयाँ, संघीय समपुरक अनुदान ७५ लाख रुपैयाँ, संघीय विशेष अनुदान ७० लाख रुपैयाँ, प्रदेश समपुरक २० लाख रुपैयाँ, प्रदेश विशेष अनुदान ३० लाख रुपैयाँ, २२ करोड १३ लाख ८० हजार रुपैयाँ सहित ४५ करोड ६७ लाख ८० हजार रुपैयाँको बजेट पारित गरिएको हो ।नगर सभा कार्यक्रममा वडा नम्बर १ देखि १० सम्म वडास्तरीय योजनासहित स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकास, महिला बालबालिका उत्थान, खेलकुद, बालिका स्वर्ण बिमा लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेर नगरसभाबाट सर्वसम्मतिमा बजेट परित गरिएको हो नगरसभामा नगर उपप्रमुख रुबी ठाकुर, प्रमुख प्रसाशकीय अधिकृत देवराज सापकोटाको उपस्थिति रहेको थियो ।कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, महेन्द्र महतो, रामप्रवेश चौहान, नौसाद आलम, लक्षमण साह कानु, केदार महतो, सियानन्द चौहान, प्रमान्नद पटेल, किशोरी साह, सोनालाल साह, कार्यपालिका सदस्य, नगरपालिका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रम सञ्चालन समाजिक शाखा सहायक प्रमुख नरेन्द्र साहले संचालन गर्नुभएको थियो ।

Leave a Reply